नेकपा एकीकृत समाजवादीकी सांसद रमा आलेमगर बागमती प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएकी छन्।
उनलाई आज (सोमबार) साँझ मन्त्रीमा नियुक्त गरिएको बागमतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयल स्रोतले जनाएको छ।
आज बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने बेला प्रदेश सभा बैठकमा ढिलोसम्म उपस्थित नभएकी सांसद आलेमगरले मन्त्रीमा बार्गेनिङ गरेर अलमल गरेको चर्चा थियो।
उनी अनुपस्थित हुँदा मुख्यमन्त्रीलाई विश्वासको मत नपुग्ने भएपछि मन्त्री बनाउने समझदारीपछि मात्रै प्रदेश सभा बैठकमा उपस्थित भएकी थिइन्।
यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको सरकारमा नेकपा एसका लक्ष्मण लम्साल र डा. राजेन्द्रमान श्रेष्ठ मन्त्री नियुक्त भएका थिए।
उतीबेला पनि आलेमगरको नाम काटेर अन्यलाई मन्त्रीमा नियुक्त गरिएको भन्दै असन्तुष्ट थिइन्। उनी ४ मंसिर २०७९ को आम निर्वाचनमा काठमाण्डौं निर्वाचन क्षेत्र १० (ख) बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्।
उनको शपथ कार्यक्रम भोलि बिहान ९ बजेका लागि तय गरिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ। हाल उनलाई बिनाविभागीय मन्त्रीको शपथ गराउने र मन्त्रालय केही दिनभित्रै टुंगो लगाइने स्रोतले जनाएको छ।
Shares
प्रतिक्रिया