हाम्रो नेपाली पार्टी (हानेपा) बागमतीको संसदीय नेता तथा प्रदेशका पर्यटनमन्त्री शैलेन्द्रमान बज्राचार्यले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आफ्नो पहिलेको गल्ती स्वीकार गरेका कारण सरकारमा सहभागी भएको बताएका छन्।
पहिले सरकामै सहभागी हुँदा पनि हानेपालाई महत्व नदिएको विषयलाई मुख्यमन्त्रीले स्वीकार गर्दै मिलेर जान आग्रह गरेपछि आफू तयार भएको बताए।
मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा आफ्नो धारणा राख्दै बज्राचार्यले सरकारले गरेका गल्तीहरू स्वीकार गरेर मिलेर जाऔं भनेपछि पछि नहटेको बताउँदै हानेपाले मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिने जानकारी गराए।
बागमती प्रदेशमा हानेपाको दुई सिट छ। जसमा अर्की समानुपातिक सांसद सरिता खड्की सुत्केरी बिदामा रहेका कारण अनुपस्थित रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
Shares
प्रतिक्रिया