पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित ३ नम्बर पुलमा यात्रु बस दुर्घटना भएको छ।
दुर्घटनामा दर्जन भन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
चितवनबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ९०३० नम्बरको यात्रुबाहक बस पुलबाट खोलामा खसेर दुर्घटना भएको हो।
दुर्घटनाका घाइतेमध्ये हाल १७ जनाको हेटौंडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
केही घाइतेहरूको अवस्था गम्भीर रहेको र केही मध्यम घाइते रहेको उनले बताए।
घटनाको थप विवरण आउन बाँकी छ।
372
Shares
प्रतिक्रिया