ad ad

बागमती


मकवानपुरको भीमफेदीका अनौपचारिक श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध

मकवानपुरको भीमफेदीका अनौपचारिक श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध

नेपालखबर
माघ १३, २०८० शनिबार १६:२६, काठमाडौँ

मकवानपुरको भीमफेदी गाउँपालिकामा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको छ।

शनिबार संघीय संसद्का सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ९८ जना श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको हो। 

भीमफेदी गाँउपालिकाको गाँउसभावाट स्पीकृत कार्यक्रम अनौपचारीक तथा स्वरोजगार श्रमिकको भविष्य, सामाजिक सुरक्षा, सहकार्य, योगदान र सहभागीताको लागी भिमफेदी गाउँपालिका र योगदानमा आधारीत सामाजिक सुरक्षा कोष बिच सम्झौता भएपछी एक समाहोह बीच कोषमा आवद्धता गराइएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए। 

अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैयाँ पारिश्रमिकबाट ११ प्रतिशत अर्थात १ हजार १९० रूपैयाँ र भीमफेदी गाउँपालिकाले ९ दशमलव ३७ प्रतिशत अर्थात १ हजार १४ रूपैयाँ गरी २ हजार २०४ रूपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ।

श्रमिकको हक संरक्षणका लागि गाउँपालिकाले दायित्व लिएको अध्यक्ष लामाले जानकारी दिए। गाउँपालिकाले सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ मा योगदानमा आधारित श्रमिक कोष बजेट शीर्षकमा १३ लाख बजेट विनियोजन गरेको थियो।

कोषले शुरुवाती अवस्थामा घरेलु श्रमिक, कृषि क्षेत्रमा काम गर्ने श्रमिक, निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई आवद्ध गराउने योजना अनुसार गाउँपालिकाको माध्यमबाट आबद्धता गराउन सुरु गरिएको हो। सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, स्वरोजगार श्रमिकलाई पारिश्रमिकको ३१ प्रतिशत हुन आउने रकम कोषमा जम्मा गर्ने, ३ गुणासम्म जम्मा गर्नसक्ने व्यवस्था गरेको छ।

उक्त व्यवस्था अन्तर्गत श्रमिकहरुलाई औषधि उपचार,स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना, अशक्तता, आश्रीत परिवार सुरक्षा योजना लगायत ६० वर्षपछि बाँचुन्जेल पेन्सनको व्यवस्था गरिएको छ।

अनौपचारिक क्षेत्रमा श्रमिकहरुको लागि न्युनतम आधारभुत पारिश्रमिक २० प्रतिशत हुन आउने गरी मासिक रुपमा कोषमा जम्मा गरेपछि औपचारिक क्षेत्रका श्रमिक सरह सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ। 

कोषमा अहिलेसम्म ६ लाख २५ हजारभन्दा बढी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .