ad ad

बागमती


कांग्रेस प्रवेश गरेको भोलिपल्टै एमालेमा फर्किए, भन्छन्- बाँनियाले झुक्याएर खादा लगाइदिए

कांग्रेस प्रवेश गरेको भोलिपल्टै एमालेमा फर्किए, भन्छन्- बाँनियाले झुक्याएर खादा लगाइदिए

नेपालखबर
भदौ २०, २०८० बुधबार १४:५१, हेटाैँडा

मकवानपुरमा नेकपा एमालेका दुई कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेको भोलिपल्टै एमालेमै फर्किएका छन्।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले घरमा पस्ने बित्तिकै खादा लगाएर कांग्रेस प्रवेश गराएको भन्दै पुनः एमालेमै फर्किएको उनीहरुले बताएका छन्।

नेकपा एमाले मनहरी गाउँपालिका सचिवालय सदस्य चतुराम मोक्तान तथा एमाले मनहरी गाउँपालिका वडा नंबर २ का उपसचिव रविन्द्रबहादुर डिम्डुङले आफूहरुलाई झुक्याएर कांग्रेस प्रवेश गराएको भन्दै आपत्ति समेत प्रकट गरेका छन्।

आज एमाले मकवानपुर पार्टी कार्यालय पुगेर उनीहरुले विद्यालयको विषयमा छलफलको लागि बोलाएर एक्कासी खादा लगाउँदै पार्टी प्रवेश गरेको भन्ने हल्ला गरेको आरोप लगाए।

प्रदेशसभा सांसद इन्द्रबहादुर बानियाँले सांसद विकास कोष मार्फत विद्यालयलाई सहयोग गर्नेगरि छलफल गर्न भनेर आफूहरुलाई बोलाई झुक्याएर पार्टी प्रवेशको हल्ला फिँजाएको बताए।

दुवैजनाले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरु एमालेनै रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .