ad ad

बागमती


हेटौँडामा नेपाल बैंक लिमिटेडको एटीएम तोडफोड

हेटौँडामा नेपाल बैंक लिमिटेडको एटीएम तोडफोड

नेपालखबर
असार १८, २०८० सोमबार १०:३१, हेटौँडा

हेटौँडामा नेपाल बैंक लिमिटेडको एटीएम तोडफोड भएको छ।

हेटौँडाको सानोपोखरा शाखामा रहेको एटीएम गएराति तोडफोड भएको हो ।

एटीएमसँगै रहेको पुडासैनी हार्डवेयरमा पनि तोडफोड भएको पाइएको मकवानपुर प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वामदेव गौतमले एटीएम र हार्डवेयरमा तोडफोड भएको जानकारी दिए।

उनले एटीएम र हार्डवेयर पसल तोडफोड भएको जानकारी पाउनासाथ प्रहरीले अनुसन्धान सुरु गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .