ad ad

बागमती


काठमाडौंमा स्रोत नखुलेको साढे ३३ लाखसहित एकजना पक्राउ

काठमाडौंमा स्रोत नखुलेको साढे ३३ लाखसहित एकजना पक्राउ

फाइल तस्बिर


नेपालखबर
असार ६, २०८० बुधबार ६:२२, काठमाडौँ

नेपाल प्रहरीले काठमाडौंमा स्रोत नखुलेको साढे ३३ लाख रकमसहित एकजनालाई पक्राउ गरेको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई मंगलबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ३३ लाख ५० हजार हुन्डीको रकमसहित गुरुङलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका गुरुङबारे अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .