बागमती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले संघीयताको औचित्य नभएको बताएकी छिन्।
मंगलबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै राप्रपाकी सांसद घिमिरेले आफू प्रदेश सांसद भैरहँदा अझ संघीयता आवश्यक नभएको लाग्न थालेको बताएकी छिन्।
‘हिजो पनि प्रदेशको काम छैन भन्ने नै लाग्थ्यो। आज म आफैँ प्रदेश सांसद भैसकेपछि झन् प्रदेशको कुनै औचित्य छैन भन्ने कुरामा स्पष्ट हुँदै छु। हामी हरेक पटकको बैठकमा संघीयता खारेजीको माग गर्छौं। संघीयता देश र जनताको लागि बोझ भैसकेको छ’, उनले सामाजिक सञ्जालमा लेखेकी छिन्।
बागमती प्रदेश सभामा राप्रपाका १३ सांसद निर्वाचित भएर आएका छन्। जसमध्ये एक प्रदेश सभा सभामुख र तीन मन्त्री समेत भएका छन्। सत्ता पक्ष नै रहेको राप्रपाले संघीयता खारेजीको मुद्दा भने कायमै राख्दै आएको छ।
648
Shares
प्रतिक्रिया