बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियालाई दिइएको छ।
आज दिउँसो बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री थपलियालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो।
थपलिया आजै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए।
सोमबार मुख्यमन्त्री बनेका शालिकराम जम्कट्टेलले मंगलबार बिहान शपथ लिएपछि तीन सदस्सीय मन्त्रिपरिषद् विस्तार गरेका थिए।
उनले नेकपा एमालेका संसदीय दलका थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धब थापालाई मन्त्रीमा नियुक्त गरेका थिए।
42
Shares
प्रतिक्रिया