ad ad

बागमती


काठमाडौं महानगरले हटायो २७५ अनधिकृत होर्डिङ बोर्ड

काठमाडौं महानगरले हटायो २७५ अनधिकृत होर्डिङ बोर्ड

तस्विर : मञ्जु के. सी.


नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार ९:२९, काठमाडौँ

काठमाडौं महानगरपालिकाले सहरका व्यवसायिक पहिचानका लागि राखिएका अनधिकृत २७५ वटा परिचय पाटी (होर्डिङ बोर्ड) हटाइएको छ। मापदण्ड विपरीत र अनुमति नलिई राखिएका परिचय पाटी हटाउने कार्यक्रमको थालनी भएको पहिलो दिन (कार्तिक २८) काठमाडौँका ४ क्षेत्रबाट यी सामग्री हटाइएको हो।

महानगर प्रहरी बलका नगर प्रहरी निरीक्षक लीलाराज गाछाकाअनुसार पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालीमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा सामग्री हटाइएको हो।  

३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ। एकभन्दा बढी बोर्ड भए, ३० बर्गफुटभन्दा ठूलो आकारको भए हटाइएको छ। 

यसका लागि परिचालन गरिएका हरेक टोलीमा कम्तीमा १५ जना खटिएका छन्। उनीहरुले भ¥याङ्, वायर कटर, आइरन कटरलगायतका साधन तथा उपकरण प्रयोग गर्ने गरेका छन्।

उनीहरुलाई हेल्मेट, पञ्जालगायत व्यक्तिगत सुरक्षाका साधन उपलब्ध गराइएको महानगरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .